यस्तो छ रजनीको ‘पटुकी’ फस्टलुक
screennepal
प्रकाशित: २०७४, ७ मंसिर बिहीबार
no img

काठमाडौं, ७ मंसिर । अभिनेत्री रजनी केसी अभिनित पछिल्लो चलचित्र ‘पटुकी’ को फस्टलुक सार्वजनिक गरिएको छ । राम नेपालको निर्देशन रहेको यस चलचित्रमा रजनीका अलावा जेम्स बिसी, दीपक कँडेल, रोजी श्रेष्ठ, हरि थापालगायतका कलाकारको पनि मुख्य अभिनय रहेको छ । ‘पटुकी’ आगामी २१ पुसमा सार्वजनिक प्रदर्शनमा आउँने बताइएको छ ।
म्याक्टेन कालुको निर्माण रहेको यस चलचित्रका सहनिर्माता बिर्जन मिजार र कार्यकारी निर्मातामा सीता मिजार छन् । चलचित्रमा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानुकुमार महर्जनको द्वन्द, शिव विकको कोरियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

Comments