त्रिकोणत्मक प्रेममा शिल्पा, गौरव र रक्षा (भिडियो)
screennepal
प्रकाशित: २०७४, ७ मंसिर बिहीबार
no img

काठमाडौं, ७ मंसिर । बेलायत बस्दै आएकी गायिका देशु गोलेले आफ्नो नयाँ गीत बजारमा ल्याएकी छन् । उनले ‘यो दिलको राजा’ बोलको गीतको भिडियो ल्याएकी हुन् ।
देशुकै शब्द रहेको गीतमा नेपाली ताराका विजेता गायक प्रताप लामाको संगीत छ भने लोकप्रिय संगीतकार अर्जुन पोखरेलले म्यूजिक एरेन्ज गरेका छन् । लभ फ्लेभरमा रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय शिल्पा पोखरेल र रक्षा श्रेष्ठसँग अभिनेता गौरव पहारीको अभिनय छ । भिडियोमा त्रिकोणात्मक प्रेम देख्न सकिन्छ ।

ज्ञानेन्द्र शमाले खिचेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् । गीतको भिडियो निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन् ।
देशुले यसअघि ल्याएको ‘सायद मलाई’ बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए । ‘यो गीतलाई पनि रुचाइदिनुुहुन्छ भन्ने विश्वास छ,’ हाल काठमाडौंमा रहेकी उनले भनिन्, ‘म जहाँ रहेपनि मेरो मन सधैँ नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन्, झन्झन् बढ्नेछ ।’

Comments