मतदातासँग उज्वलकृष्ण… !(फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, ३ मंसिर आईतवार
no img

काठमाडौं, ३ मंसिर । उज्वलकृष्ण श्रेष्ठले हिजोआज मतदाताको घरदैलो चाहारिरहेका छन् । बिहान उठेदेखि साँझ अबेरसम्म जनतासँग मत माग्नु उनको दैनिकी बनेको छ । केही महिनाअघिसम्म व्यसायिक तथा सामाजिक कार्यमा व्यस्त हुँदै आएका उज्वलकृष्णको फेरँदो दिनचर्या यहाँबाट सुरु भयो, जब उनी विवेकशील साझा पार्टीबाट आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बने । उनी ललितपुर ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिध सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार छन् । जसले गर्दा आफूलाई जिताउन जनतासँग मत माग्दै घरदैलो चहादैछन् ।


पाटन, जावलाखेल, सातदोबाटो, चाँपागाउँ, ताल्चीखेल, झम्सीखेललगायतका क्षेत्रमा घरदैलो कायक्रम गरिरहेका उनले भने, ‘मतदाताबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु ।’


पहिलोपटक राजनीतिक मैदानमा उत्रिएका उज्वलकृण तीन नम्बर क्षेत्रमा माओवादी नेतृ पम्फा भुषाल र कांग्रेस नेता मदनबहादुर अमात्यसँग भिड्दैछन् । तैपनि उनले हरेस नखाई निर्वाचन जित्ने अपेक्षासहित हिडिरहेका छन् । उनी भन्छन्, ‘केही दिनयता मतदाताको घरदैलोमा छु । उनीहरुबाट राम्रो प्रतिक्रिया पनि पाइरहेको छ ।’ ‘नयाँ युग परिवर्तन र नयाँ नेपाल निर्माणको लागि नयाँ पुस्ताको नेतृत्व’ भन्ने नाराका साथ यस प्रतिनिध तथा प्रदेश सभा निर्वाचनमा विवेकशील र साझा पार्टीले एकता गरेर चुनावी मैदानमा उत्रिएको हो ।

 

Comments