मोडेल कन्टेस्टसँग फेसियल हाउसमा अन्तरक्रिया
screennepal
प्रकाशित: २०७४, २ मंसिर शनिबार
no img

काठमाडौं, २ मंसिर । ‘नेपाल्स नेक्स्ट टप मोडेल सिजन ३’का प्रतियोगीले शुक्रबार फेसियल हाउसको सुन्धारास्थित सिटीसी लक्जरी फेसियल हाउसमा अन्तरक्रिया गरेका छन् ।
आउँदो १० डिसेम्बरमा राजधानीको नाचघरमा आयोजना हुने ‘मोडलिङ कन्टेस्ट’का ६७ जना प्रतियोगीले सौन्दर्य र मेकअपका विषयमा जानकारी लिएका थिए ।


अन्तरक्रियामा फेसियल हाउसका वरिष्ठ सौन्दर्र्य्विद तथा सञ्चालक सुषमा महराले सौन्दर्यका विषयमा बाहिरी आवरणमात्रै नभई भित्रैदेखि सफा हुन जरूरी भएको बताइन् । छालाको प्रकृति अनुसारको मेकअप र सौन्दर्य प्रशाधनको प्रयोगमा जोड दिंदै उनले बजारमा अनेकथरी कस्मेटिक्स सामानहरूको जथाभावी प्रयोग गर्नबाट सजग हुनपर्नेमा सहभागीहरूको ध्यानाकर्षण गराएकी थिइन् ।
नेपाल्स नेक्स्ट टप मोडेल सिजन ३ का आयोजक प्रशान्त श्रेष्ठ फेसियल हाउससँगको अन्तरक्रिया प्रतियोगीहरूका लागि शिक्षाप्रद लागेको भन्दै आभार
प्रकट गरे । सो अवसरमा कर्पोरेट विजनेश म्यागेजिनले आयोजना गरेको ‘कर्पोरेट क्रिकेट’मा विजयी हुने क्वेष्ट फर्मास्यूटिकल्सको टिमलाई सम्मान गरिएको थियो । फेसियल हाउसको लक्जरी ब्राञ्चमा केही नयाँ सौन्दर्य प्रविधिहरु भित्राएको छ ।
टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण, जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित धेरै प्रकारका प्रविधिहरु उपलब्ध छन् ।
नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै चीन, मलेसिया, कोरिया र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल
तथा रिटेल सेवा समेत फेसियल हाउसले दिँदै आएको छ । यी सबै सेवा काठमाडौंमा सञ्चालनमा आएको सिटिसी मलको लक्जरी ब्राञ्च तथा बागबजारमा शुभारम्भ भएको ब्राञ्चमा समेत उपलब्ध छ ।
फेसियल हाउसका राजधानीभित्र काठमाडौं मल, बागबजार, सिटीसी मल र पोखरामा समेत गरी चारवटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Comments