मंसिर ४ मा ‘मिस लिम्बू’ | साथमा तेह्रथुमे ढाका बुटिकको विशेष शो
screennepal
प्रकाशित: २०७४, १ मंसिर शुक्रबार
no img

काठमाडौं, १ मंसिर । ‘सिंगापुर इन्टरप्राइजेज् मिस लिम्बू–२०१७’को ग्राण्ड फिनाले यहि ४ मंसिरमा राष्ट्रिय नाचघरमा हुँदैछ ।
याक्थुङ युथ एशोसिएसनद्वारा आयोजित ‘मिस लिम्बू’को यो पाँचौ संस्करणमा १४ जना लिम्बू सुन्दरीहरु ताजका लागि भिडन्त गर्दैछन् । प्रतियोगीहरुका लागि ललितपुरको मिलन चोकस्थित तेह्रथुमे ढाका बुटिकले अफिसियल ड्रेस स्पोन्सर गरेको छ ।


प्रतियोगीहरुलाई ग्रुमिङ कक्षा दिइने क्रममा तेह्रथुमे ढाका बुटिकको अवलोकन तथा भ्रमण गराएको छ । उनीहरुलाई बुटिककी सञ्चालक तथा डिजाइनर निरु आङबुङले ढाका पहिरन र विशेषताबारे जानकारी गराएकी थिइन् । पछिल्लो समय ढाका पहिरनले लोकप्रियता पाइरहेको छ ।


यस संस्करणका लागि इभेन्ट संयोजन सञ्चारकर्मी याङ्जोम शेपाले गरेकी छन् । प्रतियोगीलाई कोरियोग्राफर कला सुब्बाले क्याटवाकलगायत आत्मविकाससम्बन्धी प्रशिक्षण दिइरहेकी छन् । यस सिजनमा नुमा कुरुम्बाङ, अविशा फुदोङ, रक्षा ओख्राबु, मेनुका साउदेन, सुस्मिता पालुङ्वा, सनम पयाँगगू, पुष्पा इम्सङ, मधु खेवा, वर्षा थेबे, सवनम साँवा, रमुना थेबे, सरिता पन्धाक, रितु वनेम र सन्ध्या तुम्बाहाङ्फे सहभागी छन् । यी प्रतियोगीहरु अफिसियल सिक्वेन्समा तेह्रथुमे ढाकामा प्रस्तुत हुनेछन् भने बुटिकको ‘स्पेशल ढाका सिक्वेन्स’ समेत रहेको जनाइएको छ ।


उक्त ढाका सिक्वेन्स फेसन शोमा एक दर्जनभन्दा बढी मोडलहरु ढाका पहिरनमा ¥याम्पमा प्रस्तुत हुने भएका छन् । जसमा ज्योति थोप्रा, निशा पोमु, रुपमा आङबुहाङ, रेखा फागो, लक्ष्मी योङहाङ, सोना पालुङवा र एसिका सम्बाहाम्फे रहेका छन् । यी मोडलहरु मिस लिम्बूकै अघिल्ला संस्करणमा सहभागीहरु हुन् । त्यस्तै, वरुणजंग लिम्बू, सरोज लिम्बू थाङदेन, विशाल सेनेहाङ, काजी सम्बाहाम्फे, श्याम सिंगक र मनोज थापामगर पनि ¥याम्पमा उत्रँदैछन् । यी मोडलहरु निरु आङबुङले तयार गरेका ढाका पहिरनमा प्रस्तुत हुने छन् ।

Comments