यस्ता छन् विवेकशील साझा पार्टी कास्कीका उमेरदवार
screennepal
प्रकाशित: २०७४, २८ कार्तिक मंगलवार
no img

काठमाडौं, २८ कात्तिक । गायिका तथा रेष्टुरेण्ट ब्यवसायी सोनिका लामालाई यतिखेर व्यवसायिकको भन्दा पनि चुनावको चिन्ता छ किनकि, उनी यतिखेर बिवेकशील साझा पार्टी कास्कीको प्रतिनिधिसभामा समानुपातिकतर्फ उमेद्वार छिन् । यससँगै राजनीति मैदान देखिएकी सोनिका हिजोआज मतदातासँग मत माग्न व्यस्त छिन् ।


पोखरामा रिसोर्ट सञ्चालन गर्दै आएकी यी गायिका भन्छिन्, ‘मेरो उद्देश्य ठूलो नेता बनेर सिंहदरबारभित्र पुग्नु होइन । मेरो उद्देश्य भनेको जनताको हितमा काम गर्नु हो ।’ कलाकारिताको क्रममा केही चलचित्रमा समेत अभिनय गरेकी सोनिका विवेकशील पार्टीको सुरु देखिकै सदस्य हुन् । तर, यो आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको मखमा साझा पार्टीसँग एकता गरेर विवेकशील साझा पार्टी बनेको हो ।


विवेकशील साझा पार्टीबाट कास्कीमा समानुपातिक उमेद्वार बनेसँगै राजनीतिक रंगमा होमिएकी सोनिका भन्छिन्, ‘प्रतिनिधि बनेर नीति निर्माण गर्दै अघि बढ्ने मेरो सोच हो । र, राम्रो बिचार भएको मान्छेहरुलाई राजनितिमा ल्याउने मेरो उद्देश्य रहेको छ ।


त्यस्तै, यस प्रतिनिधि सभामा कास्की एकबाट प्रत्यक्षतर्फ दीपक पौडेल, दुईबाट श्रीकृष्ण श्रेष्ठ र तीनबाट मिलन अधिकरी उमेरदवार छन् । त्यस्तै, प्रदेश सभाका लागि नवराज खनाल, फणिन्द्र मोहन कँडेल, चिरञ्जीवि बराल, चिरञ्जीवि अधिकारी र गुरु बराल उमेरदवार रहेका छन् । प्रदेश सभा कास्कीको समानुपातिकमा भने पबित्रा थापा र गौमाया परियार रहेका छन् ।

Comments