डान्स ग्रुप ‘स्ट्रकपप’ धमाकेदार नृत्यसँगै अलिशा (भिडियो हेर्नुहोला)
screennepal
प्रकाशित: २०७४, २५ कार्तिक शनिबार
no img

काठमाडौं, २५ कात्तिक । हिजोआज नेपाली गीत संगीत क्षेत्रमा डान्स बिक्न थालेको छ । त्यसैले डान्स क्रियुहरुको माग बढ्दै गएको छ । यसै भिडमा गायक सञ्जिव सिंह रानाले पनि एउटा धमाकेदार नाच्न मिल्ने गीत लिएर आएका छन् । ‘ए मेरो मामा’ बोलको गीतको यस भिडियोमा चर्चित डान्स ग्रुप स्ट्रकपपले आफ्नो कला प्रस्तुत गरेका छन् भने सो ग्रुपसँगै अहिलेकी व्यस्त मोडल अलिशा राईले अभिनय गरेकी छन् ।
यस भिडियोलाई अहिलेका चर्चित सम्पादक टेकेन्द्र शाहले निर्देशन् गरेका हुन् भने रामकुमार केसीको छायाँकन रहेको छ । भिडियोको सम्पादन र रंगरोगन पनि निर्देशक आफैले गरेका हुन् ।

Comments