यसरी हुँदैछ फिल्ममा देबेशको डेब्यु
screennepal
प्रकाशित: २०७४, २५ कार्तिक शनिबार
no img

काठमाडौं, २५ कात्तिक । नेपाली तारा सिजन–३ को फस्ट रनरअप देवेश राई नायकका रुपमा डेब्यु गर्दैछन् । म्युजिकल लभ स्टोरी भनिएको चलचित्र ‘लभ इन पोखरा’मा राम्रो कम्पोजर र संगीकार समेत रहेका देबेश यतखेर अनिभयमा व्यस्त छन् । यो चलचित्र यतिबेला पोखराका विभिन्न स्थानमा छायाँकन भइरहेको छ ।


सोल्टी फिल्म प्रडक्सनको प्रस्तुति रहेको यो चलचित्रलाई शम्भु गुरुङले निर्माण गरिरहेका हुन् भने कथा प्रकाश राना मगरको लेखन तथा निर्देशन र राजेश गुरुङको सह निर्देशन रहेको छ । । चलचित्रको छायांकन मिलन शंकरले गरिरहेका छन् ।
चलचित्रमा देबेशका अलावा नानी चित्रकार र एलिसा प्रधानको पनि मुख्य अभिनय रहेको छ । यस्तै चलचित्रका अन्य कलाकारमा विशाल गुरुङ, इसिका नेम्वाङ, सबिता पोख्रेललगायतका रहेका छन् ।

‘यो म्युजिकल लभ स्टोरी चलचित्र हो, यसमा हिरोको आइडियल अरुण थापा हुन्छ’, देबेशले भने । चलचित्र सबै गीतहरु अरुण थापाकै रहने बताइएको छ । अरुण थापाका ऋतुहरुमा तिमी, जति माया लाए पनि, भुलु भुलु लाग्यो मलाई जस्ता गीतहरु समावेश गरिएको देबेशले जनाए ।

Comments