‘मिस लिम्बू’को ट्यालेन्ट राउण्डमा जे–देखियो ! (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, २५ कार्तिक शनिबार
no img

काठमाडौं, २५ कात्तिक । ‘सिंगापुर इन्टरप्राइजेज् मिस लिम्बू–२०१७’का प्रतियोगीले शुक्रबार आफ्नो कला प्रस्तुत गरेका छन् । उनीहरुले ‘ट्यालेन्ट राउण्ड’अन्तर्गत कला प्रस्तुत गरेका हुन् ।


याक्थुङ युथ एशोसिएसनद्वारा आयोजित ‘मिस लिम्बू’को यो पाँचौ संस्करण हो । प्रतियोगितामा नुमा कुरुम्बाङ, अविशा फुदोङ, रक्षा ओख्राबु, मेनुका साउदेन, सुस्मिता पालुङ्वा, सनम पयाँगगू, पुष्पा इम्सङ, मधु खेवा, वर्षा थेबे, सवनम साँवा, रमुना थेबे, सरिता पन्धाक, रितु वनेम र सन्ध्या तुम्बाहाङ्फे सहभागी छन् ।


‘मिस लिम्बू’को यस संस्करणमा ललितपुरको मिलनचोकस्थित तेह्रथुमे ढाका बुटिकले अफिसियल ड्रेसको स्पोन्सर गरेको छ ।


प्रतियोगीलाई कोरियोग्राफर कला सुब्बाले क्याटवाकलगायत आत्मविकाससम्बन्धी प्रशिक्षण दिइरहेकी छन् । प्रतियोगिताको अन्तिम फाइनल आउँदो ४ मंसिरमा राजधानीमा हुने कार्यक्रम संयोजक याङ्जोम शेर्पाले बताइन् ।

 

Comments