२४ जना मोडल डिजाइनर्स रनवेमा उत्रँदै
screennepal
प्रकाशित: २०७४, २४ कार्तिक शुक्रबार
no img

काठमाडौं, २४ कात्तिक । आउँदो ७ पुसमा ‘आइइसी डिजाइनर्स रनवे सेसन–७’ नामक फेसन शो हुने भएको छ । राजधानीको ह्यायत रिजेन्सी होटलमा हुने उक्त शो आईईसी कलेज अफ फेसन एण्ड आर्टले गर्न लागेको हो ।


कलेज अध्यायनरत २०१७ मा पास–आउट हुने बिद्यार्थीले तयार पारेका बिभिन्न अन्तराष्ट्रिय डिजाइनहरु प्रदर्शन र प्रवर्धन गर्ने उद्देश्य रहेको उक्त शोमा ५१ बिद्यार्थीले तयार पारेको १३ थिमका विभिन्न आकर्षक पहिरन प्रदर्शन गरिने कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।


उक्त शोका लागि नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रवि धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाई सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मालगायत निर्णायक रहेको १५० नयाँ तथा पुराना मोडल अडिसनबाट २४ मोडल फेसन शोका लागि छानिएका छन् ।


नेक्स्ट मोडल्स् नेपालले इभेन्टम्यानेजमेन्ट जिम्मा लिएको शोमा चर्चित कलाकार सो टपरको रुपमा रहने छन् । अडिसनबाट छानिएका मोडललाई र्याम्पका लागि कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रशिक्षण दिने जनाइएको छ ।

Comments