मतदाताको घरदैलोमा जाँदै उज्वलकृष्ण
screennepal
प्रकाशित: २०७४, २२ कार्तिक बुधबार
no img

काठमाडौं, २२ कात्तिक । विवेकशील साझा पार्टीबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका युवा व्यवसायी तथा समाजसेवी उज्जलकृष्ण श्रेष्ठले चुनावी प्रचारलाई तिव्र पारेका छन् । उनी ललितपुरको तीन नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
व्यवसायिक तथा समाजसेवामा सक्रिय उज्वलकृष्ण विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएपछि चर्चामा छन् । यसैबेला उनले आफ्नो क्षेत्रमा चुनावी प्रचारलाई तिव्र बनाएका हुन् । चुनाव प्रचारलाई क्रममा विवेकशील साझा पार्टीले बिहीबारबाट घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । बुधबार पत्रकारकार भेटघाट गरी बिहीबारदेखि घरदैलो कार्यक्रम गर्ने उम्मेदवार उज्वलकृष्णले जनाकारी गराए । उनले भने, ‘बिहीबारबाट प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म घरदैलो कार्यक्रम गर्ने निर्णय भएको छ ।’
पहिलोपटक राजनीतिक मैदानमा उत्रिएका उज्वलकृण तीन नम्बर क्षेत्रमा माओवादी नेतृ पम्फा भुषाल र कांग्रेस नेता मदनबहादुर अमात्यसँग भिडन्त गर्दैछन् । उनले प्रतिनिधि सभाको निर्वाचनमा आफूले जित्ने समेत दावी गरेका छन् ।
स्थानीय निर्वाचनमा उक्त क्षेत्रमा साझा पार्टी तेस्रो बनेको थिटयो । त्यसैले पनि यसपटक आफूले निर्वाचन जित्ने दावी गर्दै उनले भने, ‘यो ३ नम्बरमा हाम्रो पार्टी अगाडि छ ।’ यस निर्वाचनमा बाम गठबन्धनका कारण क्षेत्र नं ३ मा नेकपा एमालेले उम्मेदवारी दिएको छैन । जसले गर्दा विवेकशीलले जित्न सक्ने उज्वलकृष्णको विश्वास छ ।

Comments