ललितपुर–३ मा विवेकशील साझा पार्टीका उम्मेदवार उज्वलकृष्णको चर्चा
screennepal
प्रकाशित: २०७४, २१ कार्तिक मंगलवार
no img

काठमाडौं, २१ कात्तिक । युवा व्यवसायी तथा समाजसेवी उज्जलकृष्ण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । आसन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा उज्वलकृष्णले विवेकशील साझा पार्टीबाट प्रतिनिधी सभातर्फको प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । उनी ललितपुरको निर्वाचन क्षेत्र नं ३ बाट चुनाव लड्दैछन् ।
व्यवसायिक तथा समाजसेवामा सक्रिय उज्वलकृष्ण विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएसँगै चर्चामा आएका छन् । उनको उम्मेदवारीले चर्चा पाउनुको कारण यो पनि छ कि पहिलोपटक राजनीतिक मैदानमा उत्रिएका उज्वलकृण माओवादी नेतृ पम्फा भुषाल र कांग्रेसका नेता मदनबहादुर अमात्यसँग भिडन्त गर्दैछन् ।
त्यस्तै, विवेकशील साझा पार्टी पत्रकार रविन्द्र मिश्रको साझा पार्टी र विशेकशील दलको संयुक्त प्यानलबाट बनेको हो । त्यसैले पनि उज्वलकृष्णको उम्मेदवारीले यखितेर ललितपुरको निर्वाचन क्षेत्र ३ मा युवामाझ चर्चाको विषय बनेको छ । तर, यसरी पहिलोपटक चुनावी मैदानमा देखिएका उज्जवलकृष्णले भने निर्वाचन जित्ने दावी गरेका छन् ।
गएको स्थानीय निर्वाचनमा उक्त क्षेत्रमा साझा पार्टी तेस्रो बनेको थियो । त्यसैले पनि यसपटक आफूले निर्वाचन जित्ने दावी गर्दै उनले भने, ‘यो ३ नम्बरमा हाम्रो पार्टी अगाडि छ ।’ यस निर्वाचनमा बाम गठबन्धनका कारण क्षेत्र नं ३ मा नेकपा एमालेले उम्मेदवारी दिएको छैन । जसले गर्दा विवेकशीलले जित्न सक्ने उज्वलकृष्णको विश्वास छ ।

Comments