भोलाको निर्देशनमा ‘परदेशी आमा’ (VIDEO)
screennepal
प्रकाशित: २०७४, १९ कार्तिक आईतवार
no img

काठमाडौं, १९ कात्तिक । रंगकर्मी भोला अधिकारीको निर्देशनमा परदेशी आमा बोलको गीत सार्वजनिक भएको छ । बालकलाकार सन्जीव खत्री र गायिका रोशनी राना मगरको रहेको छ । शब्दरचना प्रियजन राईको रहेको छ भने गीतमा बुद्धबहादुर खत्रीले लय भरेका छन् ।
परदेश गएकी आमालाई गाउँबाट छोराले घरमा आउनु आमा यसै केही गरौला । परदेशमा नबस्नुजस्ता भाव गीतले पोखेको छ । परदेश आएर धेरै दुःख पाएको कुरा आमाले छोरालाई बताएकी छन् । नेपाली महिलाले विदेशमा पाएको यथार्त कुरालाई गीत मार्फत बताइएको छ । मनोज लामा,बर्षा कार्की, सन्देश दाहाललगायतले अभिनय गरेका छन् । गीतलाई पुर्वेली जुनतारा म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।

Comments