नबिनको नबिन भिडियो ‘के देखेथे…’ (भिडियोसहित )
screennepal
प्रकाशित: २०७४, १८ कार्तिक शनिबार
no img

काठमाडौ, १८ कार्तिक । फोटो पत्रकार तथा निर्देशक नबिनबाबु गुरुङ निर्देशीत ‘के देखेथे…’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । लोक राईको शब्द रहेको यस गीतलाई राजेशपायल राईले गाएका हुन् ।
सागर थापा र सब्बु गुरुङको अभिनय रहेको यस म्युजिक भिडियोलाई सतिश श्रेष्ठले सम्पादन गरेका हुन् | म्युजिक भिडियोलाई जिनियस डिजिटलले बजार ब्यबस्थापन गरेको छ | सागर नाटकबाट आएका कलाकार हुन् भने सब्बु गुरुङ नाटकमै प्रशिक्षणरत कलाकार हुन् ।

फोटो पत्रकारितासंगै म्युजिक भिडियो निर्देशन र छायांकनमा ब्यस्त रहेका नबिनको यो पछिल्लो म्युजिक भिडियो हो । दिनेश सुब्बाको संगीत रहेको यस गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ ।
गीतकार लोक राई लामो समयदेखि गीत लेख्नमा छन् ।उनको थुप्रै गीतहरु बजारमा आएका छन्।

Comments