नेपालकी सृष्टि बलिउडमा पिंकी !
screennepal
प्रकाशित: २०७४, १५ कार्तिक बुधबार
no img

काठमाडौं, १५ कात्तिक । फिल्मी दुनियाँका लागि बलिउड अधिकांश कलाकारको एक सपना हो । जहाँ नेपाली कलाकारले पनि सपना बुनिरहेका हुन्छन् । यस्तै, पछिल्लो समय पूर्वमिस नेपाल श्रृष्टि श्रेष्ठले पनि आफ्नो बलिउड सपना पूरा गर्ने भएकी छन् ।
हाल चर्चा गरिएअनुसार सृष्टि चाँडै बलिउडमा डेब्यु गर्दैछिन् । बलिउडको बिग ब्यानर मानिने यशराज फिल्मबाट बन्न लागेको चलचित्र ‘सन्दिप और पिंकी फरार’मा सृष्टिले डेव्यु गर्ने लागेकी हुन् । स्मरणीय के छ भने सृष्टिले मिस नेपालको ताज पहिरिएपछि बलिउडमा काम गर्ने बताएकी थिइन् । भारतीय एक समाचार पोर्टलका अनुसार चलचित्रमा सृष्टि पिंकी नामकी युवतीको भूमिकामा देखिनेछिन् ।
बलिउड मोहमा हाम्फालेकी श्रृष्टि केही समय मुम्बईमा बसिन् । त्यही मुम्बई बसाइका क्रममा अडिसन दिएकी श्रृष्टिले यो अवसर पाएकी हुन् । सृष्टिले डेब्यु गर्ने भनिएको ‘सन्दिप और पिंकी फरार’मा अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणिती चोपडाको मुख्य भूमिका रहेको जनाइएको छ । यो चलचित्र भारतका अलावा नेपालमा समेत छायांकन हुनेछ । यसअघि पूर्वमिस नेपाल झरना बज्रचार्यले पनि ‘लभ इन नेपाल’ नामक बलिउड फिल्ममा अभिनय गरेकी थिइन् । यो चलचित्रको पनि नेपालमा छायांकन गरिएको थियो । तर, चलचित्र फ्लप भएपछि त्यतिखेर झरनाको बलिउड सपना तुहिएको थियो ।

Comments