मरिष्का–आकाशलाई ‘जूनजस्तै शीतल…’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, १५ कार्तिक बुधबार
no img

काठमाडौं, १५ कात्तिक । गीतकार तथा कवियित्री अम्बिका गुरुङद्वारा रचित ‘जूनजस्तै शीतल…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिब गीतमा सुमन केसीको स्वर छ । शंकर थापा यो गीतका संगीतकार हुन् । उदयराज पौडेलले यो गीतमा संगीत संयोजन गरेका छन् ।

अर्जुन अधिकारीद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा चलचित्रका अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलको सुन्दर जोडीले अभिनय गरेको छ ।
निर्देशक अधिकारीले आकाश र मरिष्कालाई गीतको शब्दमा व्यक्त गरिएको भावनालाई झल्काउने शैलीमा अभिनय गराएका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । द पिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

 

 

 

 

 

 

Comments