‘तामाङ सुन्दरी’को खोजी सुरु
screennepal
प्रकाशित: २०७४, १५ कार्तिक बुधबार
no img

काठमाडौं, १५ कात्तिक । । तामाङ जातिको कला, संस्कृति, भेषभुषा, रीतिरवाज र धर्मलाई युवा जमातमार्फत सामाजिकिकरण गर्ने उद्देश्यले आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिस तामाङ’को एघारौं संस्करण शुरु भएको छ । राजधानीमा पत्रकार भेटघाट गरी आयोजकले सो जानकारी गराएको हो ।
नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमद्वारा संयुक्त रूपमा ल्होछारको अवसरमा कार्यक्रम आयोजना हुने जनाइएको छ । प्रतियोगितामा तामाङ चेलीहरूको क्षमता प्रस्तुत गर्नुका साथै नयाँ पुस्तामाझ मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफार्म हुने संयोजक संस्थाका अध्यक्ष मिलन मोक्तानले बताए ।
आवेदन खुल्ला गरिएको यो सौन्दर्य प्रतियोगिताअन्र्तगत एक महिना क्रियटिभ क्लोज क्याम्प, मौलिक भाषा, साहित्य र संस्कृतिसम्बन्धी विशेष कार्यशाला, सांस्कृतिक एवं सम्पदा क्षेत्रको भ्रमण, ट्यालेन्ट शोलगायतको विशेषता आयोजकले जनाएको छ ।
यसैगरी पाठ्यपुस्तकमा पढ्न र सिक्न नपाइने तर आफ्नो जीवनमा अति आवश्यक पर्ने ब्यवहारिक ज्ञानको विशेष अध्ययन गर्न पाइने पनि मोक्तानले बताए ।
‘नयाँ पुस्तालाई पुरानो ढंगले अघि बढाउन खोज्नु हुँदैन’, उनले भने, ‘उनीहरुले चाहेको सिर्जनात्मक बाटोबाटै हामीले मौलिकता प्रबद्र्धन गर्नुपर्छ ।’
पत्रकार सम्मेलनमा मिस तामाङ २०१६ की विजेता उर्मिला योञ्जन, २०१७ की विजेता पिंकी घिसिङले पनि आ–आफ्ना् अनुभव सेयर गरेका थिए । सन् २००६ बाट शुरु भएको मिस तामाङको पहिलो विजेता जेनिशा मोक्तान हुन्, उनी मिस नेपाल समेत भएकी थिइन् ।
यसअघि २००९ मा उपाली ग्याबक, २०१० मा समी बज्यु, २०११ मा रोजिना घिसिङ, २०१२ मा सुमी मोक्तान, २०१३ मा लाक्पा तामाङ, २०१४ मा मुनाश्री तामाङ, २०१४ मा लक्ष्मी मोक्तान, २०१६ मा उर्मिला योञ्जन र २०१७ मा पिंकी घिसिङले मिस तामाङको ताज पहिरिसकेका छन् ।
मिस तामाङ २०१८ का विजेताले नगद १ लाख, क्राउन, अवार्ड र पिन, फस्ट रनर अपलाई ५० हजार, क्राउन, अवार्ड, सेकेण्ड रनरअपलाई २५ हजार, क्राउन र अवार्ड, थर्ड रनरअपलाई क्राउन र अवार्ड, फोर्थलाई क्राउन र अवार्ड, फिप्थलाई क्राउन र अवार्ड तथा अरु १३ प्रतिस्पर्धीलाई विभिन्न अवार्डहरु प्रदान गरिने जनाइको छ ।

 

 

 

 

 

 

 

 

Comments