मुसहर बस्ती पुन: निर्माणलाई युएईबाट सहकारीको सहयोग
screennepal
प्रकाशित: २०७४, १२ कार्तिक आईतवार
no img

-बिजयलक्ष्मी राई

युएई, १२ कार्तिक। नेपालमा हालै आएको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडिको मुसहर बस्तिमा नराम्रो गरि क्षति पुर्यायो । सबै बस्तीमा बसोबास गर्नेहरु घरबारबिहिन भए र उक्त बस्ति पुननिर्माण गर्नको लागी सिधाकुरा जनतासँग कार्यक्रमले चासो राखी काम अघाडी बढाएर न्यज २४ को सिधाकुरा जनतासँग कार्यक्रमले प्रशारण गरेको थियो । उक्त कार्य सकारात्मक भएको भन्दै नेपाल बचत तथा ऋण सहकारी संघ यु ए ई ले संघको अध्यक्ष सुत्रमनि राईको संयोजकत्वमा यु ए ई मा संचालित सहकारीहरुबीच सहयोग गर्ने सम्बन्धमा छलफल गरेको थियो ।
त्यसपश्चात सिधाकुरा जनतासँगको कार्यक्रमले सुरु गरेको बस्ति निर्माणलाई सहयोग गर्ने निर्णय गरेको हो | सहयोगी सस्थाहरुमा प्रवासी बहुउदेश्यीय सहकारी सस्थाबाट रु ५०१२७ यु सी यस नेपाली बचत तथा ऋण सहकारी सस्था बाट रु १६६०८ र सुम्निमा बचत तथा ऋण सहकारी सस्था बाट रु १३८०७ गरि जम्मा रु ८०५४३ प्रवासी बहु उदेश्यीय सहकारी सस्थाका सदस्य माया लामा र शोभा घलेले सिधा कुरा जनतासँगको कार्यालयमा अक्टोबर २६ तारिकको दिन उक्त रकम बुझाएका हुन् | संघका अध्यक्ष राईले बिगतमा पनि सहकारीले बिपतमा परेकाहरुको लागि सहयोग गर्दै आएको छ । यसै कार्यलाई निरन्तरता दिएको राईले बताउदै सहयोगी सम्पूर्ण संस्थाहरुलाई धन्यबाद दिएका छन् ।

Comments