प्रमिला–देबेशको ‘सोल्टीज्यू’मा तक्मेबुढा-रेखाको यस्तो केमेष्ट्री ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, ५ कार्तिक आईतवार
no img

काठमाडौं, ५ कार्तिक । चर्चित हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ अभिनेत्री तथा मोडल रेखा फागोसँग देखिएका छन् । ‘सोल्टीज्यू…’ बोल गीतको सार्वजनिक भिडियोमा ‘तक्मेबुढा’ रेखाको सोल्टीका रुपमा देखिएका हुन् ।
पछिल्लो समय ‘मायाले संसार चल्दैन हौ’ थेगोलाई स्थापित गरेका ‘तक्मेबुढा’ सार्वजनिक भिडियोमा भने रेखाको मायामा चुर्लुम्मै डुबेका छन् ।

चर्चित गीतकार राम रेप्चुङ राईको शब्दरचना रहेको ‘सोल्टीज्यू…’ पुर्वेली लोकआधुनिक गीत हो । यस गीतलाई ‘नेपाल आईडल’ टप–७ प्रमिला राई र नेपाली तारा सिजन–३ को फस्ट रनरअप देबेश राईले गाएका हुन् । पुर्वी नेपालको रहन–सहन र कलासंस्कृति उजागर गर्ने ‘सोल्टीज्यू…’ बोलको यस गीतको भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् ।
गीतको मर्म तथा भावशैलीअनुसार भिडियोमा ‘तक्मेबुढा’ र रेखाको केमेष्ट्री गज्जबको देखिएको छ । तेह्रथुमे ढाका बुटिक ललितपुरकी डिजाइनर निरु आङबुङले तयार गरेको ढाका पहिरनमा तक्मेबुढा र अभिनेत्री रेखा साँच्चीकै खुलेका छन् ।


भिडियोमा तक्मेबुढा र रेखालाई ‘सोल्टी–सोल्टिनी’का रुपमा प्रस्तुत छन् । सोल्टी–सोल्टिनी पुर्वमा तरुनी–तन्नेरीबीच चलनचल्तीको शब्दचारण हो । गीतकार रेप्चुङलाई त्यही भाका र भावनालाई यस गीतका उतारेका छन् ।
एकदमै थारैमात्र म्युजिक भिडियोमा मोडलिङ गर्दै आएका तक्मेबुढाले भने, ‘जस्तोसुकै म्युजिक भिडियोमा म अभिनय गर्दिनँ । यो गीत मलाई मन परेकै अभिनय गरेको हुँ ।’ किरात यायोख्खा जापानको प्रस्तुती रहेको यस गीतको संगीत तथा एरेञ्ज देबेश राईले नै गरेका हुन् । गीतको शब्दभाव अनुसार देबेशको संगीत तारिफ योग्य छ । यस भिडियोमा राम केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । यस भिडियोलाई दर्शक तथा श्रोताले रुचाउनेछन् भन्ने निर्माणपक्षको आशा र विश्वास छ ।

Comments