काभ्रेली समाज जापानद्वारा सडक बालबालिकालाई सहयोग
screennepal
प्रकाशित: २०७४, ३१ आश्विन मंगलवार
no img

काठमाडौं, ३१ असोज । काभ्रेली समाज जापानले सडक बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि सहयोगार्थ दुई लाख सहयोग हस्तान्तरण गरेको छ । काभ्रे क्षेत्र नं १ का सांसद तीर्थ लामाको उपस्थितिमा सी नेपालको अध्यक्ष स्मिता लामालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
उक्त अबसरमा बोल्दै सांसद लामाले आफ्नो मातृभुमिलाई छोडेर परदेशमा रहेरपनि काभ्रेली भाईबहिनीहरूले आफ्नो जन्मभूमि प्रति देखाएको मायाले निकै प्रभावित भएको बताए । स्थापनाको छोटो समयमै गायक राजु लामालाई जापानमा लगेर लाईभ कन्सर्ट आयोजना गरिएको थियो । उक्त कार्यक्रमबाट उठेको रकम असाहय बालबालिकाको हितका लागि हस्तान्तरण गरेको काभ्रेली समाज जापानका अध्यक्ष मेख लामाले जानकारी गराए ।
साथै काभ्रेली समाज जापानले आफ्नो स्थापनाको छोटो समयमा यस किसिमको सामाजिक कामहरू धेरै गरेका छन । आत्माहत्या गरेका बिध्यार्थीहरू २ जनालाई आर्थिक सहयोग, सर्स्यूंखर्क काभ्रेका मृगौला रोगी बुद्दिलाल तामाङलाई १ लाख पचास हजार भन्दा बढी रकम संकलन गरेर हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी समाजकै आयोजनामा टोकियोकै धेरै धनराशि जापानीज येन ३ लाख बराबर भएको फुटबल प्रतियोगिताको समेत सफल आयोजना गरेको काभ्रेली समाजले आगामी दिनहरूमा पनि यस्तो सामाजिक कामहरू गर्दै जाने बताएका छन । हाल सी नेपालले २६१ जना घरबारबिहिन वालवालिकालाई खान, बस्न र शिक्षाको व्यवस्था गर्दै आइरहेको छ ।

Comments