तिहारलगत्तै ‘तिम्लाई मन पराउनु मेरो गल्ती होइन’
screennepal
प्रकाशित: २०७४, २९ आश्विन आईतवार
no img

काठमाडौं, २९ असोज । ‘तिम्लाई मन पराउनु मेरो गल्ती होइन’ गीतकार दर्पण राईको यो बुहप्रतिक्षित गीत हो । ‘तिमीले बाटो फेरेउ अरे’जस्ता ब्लकबस्टर गीत लेखेर गीतकारका रुपमा चर्चामा आएका दर्पणको यो पछिल्लो गीतको भिडियो चाँडै दर्शक तथा श्रोताले हेर्न पाउने भएका छन् । यस गीतको भिडियो हालै छायांकन गरिएको छ ।


मेगास्टार राजेशपायल राईको स्वर रहेको यस गीतलाई महेन्द्र राईले संगीत गरेका हुन् । यस भिडियोमा निराजन प्रधान र सम्झना राईको गज्जबको केमेष्ट्र हेर्न पाइने भएको छ । सुशांक कँडेलले निर्देशन गरेको यस भिडियोलाई सस्पेन्स रुपमा प्रस्तुत गरिएको छ । गीतकार तथा मोडल समेत रहेका दर्पणले भने, ‘भिडियो हेरेपछि अन्तिममा दर्शकले एउटा सस्पेन्स पाउनेछन् ।’ उनका अनुसार भिडियो तिहारलगत्तै रिलिज हुनेछ । यस गीतलाई हरि हुमागाइँले खिचेका हुन् ।

Comments