होटल व्यवसायी शाक्य उद्योग वाणिज्य संघ ललितपुर सदस्य निर्वाचित
screennepal
प्रकाशित: २०७४, २९ आश्विन आईतवार
no img

काठमाडौं, २९ असोज । उद्योग वाणिज्य संघ ललितपुरमा युवा व्यवसायिक मिलन शाक्य उद्योग समूह कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा शाक्य भारी मतले निर्वाचित भएका हुन् ।
लुम्बिनीस्थित होटल मिरज ईन तथा ललितपुरस्थित निम्स र निर्वाणा कलेजका अध्यक्ष रहेका शाक्य व्यवसायिकमाझ सुपरिचित र मिलनसार भनेर चिनिन्छन् ।
कार्यसमिति सदस्यमा निर्वाचित भएपछि शाक्यले भने, ‘निर्वाचित भएसँगै म मा थप जिम्मेवारी आएको महशुस भएको छ । आगामी दिनमा व्यवसाय तथा उद्योगीहरुका लागि सक्रिय रहेर काम गर्नेछु ।’
संघको अध्यक्षमा कृष्णलाल मर्हजन, बरिष्ठ उपाध्यक्ष भरतलाल जोशी, उपाध्यक्ष उद्योगमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष्य बाणिज्यमा रुपकुमार शाक्य, संस्थागत उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, महासचिवमा मनोजबहादुर न्यछेँ्, कोषाध्यक्षमा सचिन्द्रराज जोशी निर्वाचित भएका छन् । त्यस्तै,  उद्योग समूह कार्यसमिति सदस्यमा मिलनलगायत ६ सदस्य निर्वाचित भएका छन् । वाणिज्य कार्यसमिति सदस्यमा लजना श्रेष्ठलगायत ६ सदस्य चुनिएका छन् । त्यस्तै, संस्थागत क्षेत्र कार्यसमितिमा राजेन्द्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने एसोसिएट क्षेत्र कार्यसमितिमा राकेशभक्त मुल्मी चुनिएका छन् ।

Comments