प्रेमलाई ‘लाइदिम–लाइदिम’भो सम्झनालाई (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २९ आश्विन आईतवार
no img

काठमाडौं, २९ असोज । चलचित्र ‘नाई नभन्नु ल–२’मा ‘यो आँखामा तिमी छौं’ बोल गीत गाएर चर्चामा आएका गायक प्रेम परियार ‘लाइदिम लाइदिम’ भन्दै आएका छन् । निकै लामो समयपछि प्रेमले यो प्रेमभाव गीत गाएका हुन् । महेश आचार्यको शब्दरचना रहेको यस गीतलाई हरि लम्सालले संगीत गरेका हुन् ।
प्रेम भावनात्मक ‘लाइदिम लाइदिम’ गीतको यस भिडियोलाई गीतकार दर्पण राईले निर्देशन गरेका छन् । यस गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल सम्झनालाई फिचरिङ गरिएको छ भने भिडियोमा गायक प्रेम नै हिरो देखिएका छन् ।
एक गायकले गाउँदा–गाउँदै कल्पना गरेको प्रेमभावलाई भिडियोमा चित्रण गरिएको छ । यस भिडियोलाई फरक तरिकाले निर्माण गरिएको निर्देशक तथा मोडल दर्पणले बताए । कोचे मल्टिमिडियाको पोस्ट प्रोढक्शन रहेको यस भिडियोलाई जनक अधिकारीले खिचेका हुन् भने सम्पादन प्रेम शर्माले गरेका हुन् ।

Comments