हलमा रिलिज नगरी यु–ट्युमा ‘सिङ्ला माने’ (पूरा चलचित्रसहित)
screennepal
प्रकाशित: २०७४, २७ आश्विन शुक्रबार
no img

काठमाडौं, २७ असोज । हिमाली भेगको संस्कृति तथा प्रेमकथा बोकेको उत्कृष्ट तामाङ चलचित्र हो, ‘सिङ्ला माने’ । तर, यो चलचित्रले खाशै दर्शक पाएन किनकि, सिनेमा घरमै आएन यो चलचित्र । उत्कृष्ट कथावस्तु, सर्वोकृष्ट लोकेशन र भाषिक चलचित्रको भीडमा मेकिङका हिसाबले समेत उत्कृष्ट मानिएको ‘सिङ्ला माने’ यु–ट्युबमा रिलिज भएको छ । तामाङ र नेपाली दुवै भाषामा रहेको यस चलचित्रलाई आजै (शुक्रबार) यु–टुयुबमार्फत रिलिज गरिएको हो ।

Full Movie

फापरे फिल्मसको व्यानरमा कुमार शाक्य निर्माता रहेको यो चलचित्रको यसअघि प्रिमियर मात्र गरिएको थियो । तर, निर्मणपक्षले सिनेमा हलमै नल्याई ‘सिङ्ला माने’ यु–ट्युबका दर्शकका लागि ल्याएका छन् । त्यसैले यो चलचित्र दर्शकका लागि एकदमै फ्रेश मानिएको छ । यो चलचित्रसँगै यहाँहरुले यसपालीको दिपावली विदालाई सदुपयोग गर्न सक्नुहुनेछ ।
यस चलचित्रमा लेखन तथा निर्देशन नरमान तामाङ ‘रविन’को रहेको छ । चलचित्रमा आरम्भ तामाङ, बेली लामा, बिमला तामाङ, विना तामाङ, प्रकाश वाइबा तामाङ, नुलुमान तामाङ, सिरीमाया तामाङ, रिमन तामाङ, विकास तामाङ र चन्दा तामाङको अभिनय रहेको छ भने चलचित्रमा विशेष अतिथि कलाकारको भूमिकामा गायिका छिमी मम्बा र राज किङ वाइबाले अभिनय गरेका छन् ।
गायिका छिमीले चलचित्रमा गायिकाकै भूमिका गरेकी छन् । राजेन्द्र चौधरीको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा युबी मंग्रशाको संगीत रहेको छ भने स्वर मिना लामा, आरम्भ तामाङ, छिमी मम्बा, जयवीर तामाङ र विनु तामाङको रहेको छ ।

Comments