‘चाहिँदैन मलाई हिरा–मोति’ भन्दै सुरेश (भिडियो)
screennepal
प्रकाशित: २०७४, २७ आश्विन शुक्रबार
no img

काठमाडौं, २७ असोज । म्युजिक भिडियोबाट अभिनय यात्रा शुरु गरेका मोडल सुरेश टिटुङको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । हाल जापानमा रहदै आएका सुरेशको यो पछिल्लो भिडियो नमस्ते टोकियो टिभीको प्रस्तुती हो ।
एक दर्जन जति भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेका सुरेशको यो ‘चाहिँदैन मलाई हिरा र मोति’ बोलको गीतमा आरके स्याङ्तान र मेलिना राईको स्वर रहेको छ भने सुरेश र सन्ध्या कार्कीको अभिनय रहेको छ । छायाँकन रोशन कार्की र सम्पादन नेत्र गुरुङले गरेको यो भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments