संगीता–प्रतापको ‘कमिलाको ताँती…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २७ आश्विन शुक्रबार
no img

काठमाडौं, २७ असोज । कुनै सुन्दरी मोडलभन्दा कम छैनन् संगीता रायमाझी । तर, उनी मोडल होइनन् । उनी जति सुन्दर छिन्, त्योभन्दा राम्रो गाउँछिन् अर्थात उनी गायिका हुन् । यिनै संगीताले संगीतप्रेमी श्रोता तथा दर्शकका लागि ‘कमिलाको ताँती’ ल्याएकी छन् ।
केही दिनअघि एमएमएस इन्टरटेनमेन्टको यु–ट्युब च्यानलमार्फत रिलिज गरिएको यी सुन्दरी गायिकाको ‘कमिलाको ताँती’ बोलको गीत तथा भिडियोले हिजोआज राम्रै चर्चा पाइरहेको छ । यस गीतमा संगीतासँगै प्रताप दासले फिचरिङ गरेका छन् ।


लेखु सहयात्रीको शब्दरचना र भीम बिसीको संगीत रहेको ‘कमिलाको ताँती’ गीतमा संगीताको गायकी दम्दार छ, जसले संगीताको सांगीतिक करिअरमा इँटा थप्ने काम गरेको छ । दुई वर्षयता गीत संगीतमा उज्वल करिअर खोज्दै आफ्नो मिठो आवाजमा गीत पस्कँदै आएकी संगीताले भनिन्, ‘यो मेरो पछिल्लो भिडियो हो । जसलाई श्रोता तथा दर्शकले रुचाएका छन् । रिजिज भएको धेरै भएको छैन । तर, राम्रै प्रतिक्रिया पाइरहेकी छु ।’\

संगीता र प्रतापको ‘कमिलाको ताँती’ गीतलाई बुद्व सायमीले एरेञ्ज गरेका हुन् । सायमीको संगीत एरेञ्जमेन्ट संगीताको स्वर सुहाउँदो छ । यस गीतको भिडियोलाई फार अ–वे इन्टरटेनमेन्टले निर्माण गरेको हो । जसमा कोरियोग्राफी मनिष थापाले गरेका छन् । भिडियोमा रोजिना ठकुरी, शिवदास गुरुङ, मानब थिङ, राजु लामा र सुवोध क्षेत्रीले अभिनय गरेका छन् । आफ्नो गीतको यस भिडियोमा धेरै कलाकारलाई अभिनय गराउनुको कारण खुल्दै संगीताले भनिन्, ‘कमिलाको ताँती’ बोलको गीत भएकाले कलाकार पनि धेरै राखिएको हो ।’

Comments