गम्भीरको नशालु हेराइले एलिशा… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, २५ आश्विन बुधबार
no img

काठमाडौं, २५ असोज । गायिका यशोदा खालिङ राईको नया“ गीत ‘नशालु तिम्रो’ को भिडियो सार्वजनिक भएको छ । यस गीतलाई विशाल चौतारी मिडिया प्रालीको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गायिका यशोदाको एल्बम ‘यशोदा–२’मा समावेश गीतमा आसुतोष राईको शब्द, दिनेश न्यौपानेको संगीत तथा एरेञ्ज रहेको छ ।

https://www.youtube.com/watch?v=Hq1TN-YQtV8&t=65s

सार्वजनिक भएको म्युजिक भिडियोलाई कोरियोग्राफर तथा मोडल गम्भीर विष्टले निर्देशन गरेका हुन् । पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त मोडल एलिशा राई र निर्देशक स्वयम गम्भीर फिचरिङ छन् । निकै रामान्चक अनी कलरफुल बनेको म्युजिक भिडियोमा अभिनेत्री एलिशाको नृत्य देख्न सकिन्छ । साथै एलिशा र गम्भीरको क्यामेष्ट्रि पनि तारिफ योग्य छ ।
यस म्युजिक भिडियोलाई सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले खिचेका छन् । यस म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन तथा कलर गरेका छन् ।

Comments