हङकङ र युकेबाट मृगौलापीडित भक्तलाई आर्थिक सहयोग
screennepal
प्रकाशित: २०७४, २५ आश्विन बुधबार
no img

काठमाडौं, २५ असोज । मृगौलापीडित भक्तबहादुर गुरुङको उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिले आर्थिक रकम जुटाएका छन् । खोटाङ समाज हङकङ, खोटाङ गुरुङ समाज हङकङ र खोसोभो समाज युकेको पहलमा गुरुङका लागि ५ लाख ६४ हजार ५२२ रुपैयाँ नगद जुटेको छ । जसमा प्रेम गुरुङले १५ हजार रुपैयाँ सहयोग गरेका थिए । सो सहयोग रकम बुधबार मृगौला पीडितकै निवास भीमसेन गोलामा हस्तान्तरण गरिएको छ ।
पीडित गुरुङलाई खोटाङ समाज हङकङका उपाध्यक्ष निकेश गुरुङ, खोसोभो युकेका आजिवन सदस्य रामकाजी गुरुङ, समीर गुरुङ, गीतकार राम रेप्चुङ राईलगायतको उपस्थितिमा नगद तथा चेक हस्तान्तरण गरिएको थियो ।
खोटाङ, नेर्पा–६ का ४३ वर्षीय भक्तबहादुर गुरुङको सात महिनायता दुवै मृगौलाले काम गर्न छाडेपछि उनले डायलसिस गराउँदै आएका छन् । उपचारका लागि आर्थिक अभावका कारण डायलसिस गराउँदै आएका पीडित भक्तका लागि उपचार खर्च जुटाउन निकेश गुरुङले हङकङबासीसमक्ष पहल गरेका थिए भने युकेमा रामकाजी गुरुङले रकम संकलन गरेका थिए । सोही विभिन्न व्यक्तिमार्फत जुटेको रकम भक्तलाई हस्तान्तरण गरिएको निकेशले बताए ।
मृगौलापीडित भक्तलाई बचाउनका लागि सहयोगी हातलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् । सहयोग रकम पाएपछि पीडित भक्त खुसी देखिए । उनले भने, ‘यहाँहरुको पहलले यो रकम जुटेको छ । यस पैसाले आफ्नो उपचार गराउनेछु ।’

Comments