गीतकार संघको सहकार्यमा संगीतकार सुकलाई सहयोग रकम हस्तान्तरण
screennepal
प्रकाशित: २०७४, २४ आश्विन मंगलवार
no img

काठमाडौं, २४ असोज । गीतकार तथा संगीतकार सुक गुरुङको सहयोगार्थ साधना सांगीतिक समूहद्वारा संकलित रकम गीतकार संघ नेपालको सहकार्यमा हस्तान्तरण गरिएको छ ।
तीन बर्षदेखि मृगौलासम्बन्धी रोगबाट पिडित भई दुवै मृगौलाले काम गर्न छाडेपछि गीतकार गुरुङ उपचारत छन् । उनै गुरुङको उपचारमा सहयोग पु¥याउन विभिन्न संघसंस्था र गीत संगीतप्रेमीले खर्च जुटाउँदै आएका छन् । यसै सन्दर्भमा साधना अनलाईन संगीत समूह र गीतकार संघ नेपालको सहकार्यमा १ लाख ३६ हजार ६ सय ४५ रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । उक्त रकम बुधबार पोखरामा गएर गीतकार गुरुङलाई हस्तान्त।ण गर्ने गीतकार संगले जनाएको छ ।
सुक गुरुङ नेपाली गीतसंगीत क्षेत्रका चिरपरिचित नाम हो । उनी तीन दशकदेखि नेपाली गीति लेखनमा अनवरत साधनारत छन् । गीत लेखनमात्र नभएर उनी संगीत सिर्जनामा पनि त्यत्तिकै सक्रिय छन् । गुरुङका सिरानी, निवेदन, इसारा, सूचनाजस्ता एल्बमहरु बजारमा प्रकाशित छन् ।

Comments