मनास्लुको चुचुरोमा हेल्लो क्याफे गजलबार !
screennepal
प्रकाशित: २०७४, २२ आश्विन आईतवार
no img

काठमाडौं, २२ असोज । सञ्चालनमा आएको छोटो समयमै चर्चामा आएको साया हेल्लो क्याफे गजलबारको लोगो मनास्लु हिमालको चुचुरोमा फर्रफराएको छ ।
बागबजारमा रहेको यस गजलबारको लोगोलाई मनास्लुको चुचुरोमा फर्रफराउने काम पत्रकार पुर्णिमा श्रेष्ठले गरेकी हुन् । पत्रकार पुर्णिमाले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोण गरेकी छन् । उनले आफूसँगै हेल्लो गजलबारको लोगो पनि मनास्लुमा फर्रपराएकी हुन् ।
पहिलोपटक मनास्लु हिमाल आरोण गरेकी पुर्णिमा दंग छिन् । हेल्लो गजलबारमै भेटिएकी पुर्णिमाले भनिन्, ‘पहिलोपटकमै मनास्लु चढ्न सफल भएँ । म अत्याधिक खुसी छु ।’ मनास्लु विश्वको सातौ अग्लो चुचुरो हो ।
साया हेल्लो क्याफे गजलबारको लोगो मनास्लुको चुचुरोमा पुगेपछि यसका सञ्चालक पनि खुसी छन् । सञ्चालकमध्येका रुल्ज गुरुङले भने, ‘हेल्लो गजलबारको लोगो मनास्लुमा फर्रफराउँदा खुसी छु । यसको श्रेय पत्रकार पुर्णिमा श्रेष्ठलाई दिन्छु ।’


सञ्चालनमा आएदेखि नै विभिन्न चर्चित कलाकारलाई लिएर इभेन्ट गर्दै आएको यो गजलबार पार्किङका हिसाबले पनि सुविधा सम्पन्न छ । राजधानीकै मुटु मानिने बागबजारमा रहेको यस गजलबारमा दैनिक स्तरिय गीतसंगीतसँगै सेवा प्रदान गरिन्छ । स्तरिय सेवा र प्रसस्त पार्किङ सुविधाका कारण हेल्लो गजलबार राजधानीकै उत्कृष्ट बारमध्ये पर्छ ।

Comments