ब्युटिफुल प्रियंकाको विन्दास चाला…!
screennepal
प्रकाशित: २०७४, १९ आश्विन बिहीबार
no img

लस एञ्जस (एजेन्सी) १९ असोज । बलिउड अभिनेत्री प्रियंका चोपडा जति सुन्दर छिन्, त्योभन्दा धेरै विन्दास छिन् । काम गर्दा समेत उनी कुनै कसरत बाँकी राख्दिनन् अर्थात उनी कामलाई पुजा गर्छिन् । विन्दास र कामकारी यी सुन्दर अभिनेत्रीको अर्को पाटो भनेको फुर्सद हुनेवित्तिकै इञ्जोय गर्नु हो । प्रियंकाका यस्तै, थुप्रै राम्रा पक्षहरु छन् । उनी मनमा कुरा लुकाउदिनन् । अलिकति खुसी हुनेवित्तिकै आफ्ना खुसी उनी सोसल मिडियामा पोस्ट गर्छिन् र आफ्ना फ्यानहरुलाई शेयर गर्छिन् । त्यसैले यी अभिनेत्री सोसल मिडियामा सधैं छाइरहेकी हुन्छिन् ।


प्रियंका हिजोआज अमेरिकामा छिन् । उनी आफ्नो टीभी शो ‘क्वान्ट’ र दुई हलिउड फिल्मको सुटिङको सिलसिलामा अमेरिका बस्दै आएकी हुन् । तर, उनी अमेरिकामा रहेर पनि आफ्नो हरेक कुराहरु सोसल मिडियामा शेयर गर्दै आएकी छन् । फुर्सद हुनेवित्तिकै मोज मस्तीमा रमाउने प्रियंकाले पछिल्लो समय आफ्नो इन्स्टाग्राममा लस एञ्जलसका केहीे तस्वीरहरु शेयर गरेकी छन् । ती तस्वीरमा उनी स्वीमिङ पुलमा रिलेक्स गरिरहेकी देखिन्छिन् । साथमा उनका केही साथी र ‘क्वान्टी’को को–स्टार यास्मिन अल मासरी पनि छन् । साथै, उनले एक भिडियो पनि शेयर गरेकी छन् । त्यो भिडियो हेर्दा लाग्छ, ‘उनी विदा मनाइरहेकी छन् ।’

Comments