‘अमेरिकन बाबु : मेड इन नेपाल’को यस्तो छ ट्रेलर
screennepal
प्रकाशित: २०७४, १७ आश्विन मंगलवार
no img

काठमाडौं, १७ असोज । अमेरिकामा निर्मित चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को फस्ट लुक पोष्टर तथा ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक समारोहबीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो । पत्रकार विजयरत्न तुलाधरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा लगभग पोष्ट–प्रोडक्सनको सबै काम सम्पन्न भैसकेको चलचित्र बताइएको थियो ।

कार्यक्रममा तीन निर्मातामध्येका नेपालमा रहेकी एक निर्माता मञ्जु रानामगरले चलचित्रबारे जानकारी गराएकी थिइन् । चलचित्रमा ठूलो सपना बोकेर अमेरिका पुग्ने नेपालीको अमेरिकामा बस्दाको बास्तविकलाई चित्रण गरिएको बताइएको छ । ईश्वर थापाको सम्पादन तथा निर्देशन रहेको यस चलचित्रमा सुरेन्द्र नकर्मीको लेखन तथा शंभु मोक्तानको छायाँकन रहेको भने चलचित्रमा इसान ढकाल, नन्दिता केसी, प्रवेश उप्रेती पाउल, प्रियंका ऐर, अञ्जली लामा, राजेश गुरुङ, रघु गिरी, संझना उप्रेती, कृष थापा लगायतका कलाकारका साथमा नेपालका चर्चित गायक तथा नायक बाबु बोगटीको विशेष भूमिका रहेको छ । निर्मातामा राजेश गुरुङ, संझना उप्रेती र मञ्जु रानामगर रहेका छन् ।

Comments