‘मेरो पैसा खोइ ?’ दसैंमा पैसा खोज्दै रोज !
screennepal
प्रकाशित: २०७४, १० आश्विन मंगलवार
no img

काठमाडौ, ११ असोज । अभिनेता तथा निर्माता रोज राणा निर्देशित चलचित्र ‘मेरो पैसा खोई’को बिशेष शोमा रुचाइेको छ। राजधानीमा गरिएको चलचित्रको बिशेष शोमा कलाकार तथा संचारकर्मीको बाक्लो उपस्थिति थियो।
कमेडी जनरामा बनेको चलचित्र ‘मेरो पैसा खोई’हेर्ने जतिले सकारात्मक प्रतिक्रिया दिए ।चलचित्रले हेरुन्जेल हसाउने छ ।
‘हेरुन्जेल यति धेरै हाँसे’ चलचित्र हेरेका दर्शकले प्रतिक्रिया दिएका थिए । बिजया दशमीमा कमेडी चलचित्र हेरेर दर्शक हास्ने छन् र रमाइलो गर्नेछन् भन्ने उदेश्यले दशैंमा प्रदर्शन गरिएको बताइएको छ । चलचित्रको निर्माता उमा केसी हुन् भने सह निर्मातामा रुपक राणा र रुपम राणा रहेका छन् । ‘मेरो पैसा खोई’मा सौगात मल्ल, वर्षा राउत, बुद्दी तामाङ, छुल्ठिम गुरुङका अलावा सागर तिवारी, रविन तामाङ, कमलमणि नेपाल, धुर्व कोइरालालगायतको मुख्य अभिनय छ । चलचित्र यो शुक्रबार अलनेपाल रिलिज हुँदैछ ।

Comments