यस्तो पनि : अनैतिक सेक्स रोक्न ७४ कानून…!
screennepal
प्रकाशित: २०७४, १० आश्विन मंगलवार
no img

एजेन्सी, ११ असोज । स्पेनको माजोक्रा र इबिजा तटीय क्षेत्रसँग जोडिएका इलाकाहरुमा खुलेआम रक्सीको नशामा झूमेका युवायुवतीहरु दिनदहाडै सार्वजनिक स्थानमै सहवासमा लिप्त हुन थालेपछि त्यसले उक्त ठाउँ नै बदनाम भएको छ । सोही कुराबाट चिन्तित हुँदै सरकारले त्यो क्षेत्रमा अनैतिक क्रियाकलाप बन्द गर्न नयाँ कानून बनाएको समाचारमा जनाइएको छ ।
बिडम्बना, एक दुईवटा कानून कहाँ हो र ? ६४ वटा नयाँ कानून । ती ६४ वटा कानूनको मद्दतले त्यस क्षेत्रमा पब्लिक सेक्स रोकिनेछ, जसका कारण आम पर्यटक पनि त्यहाँ जान सकून् ।
अहिलेसम्म यी दुबै समुद्री तटीय क्षेत्र एडल्ट पार्टी तथा नाइट लाइफका लागि प्रसिद्ध छन् । सरकारले अब यी दुई क्षेत्रकै छवि सुधार्ने कोसिस गरिरहेको छ ।

Comments