कलाकार लक्ष्मी रानाको निधन
screennepal
प्रकाशित: २०७४, १० आश्विन मंगलवार
no img

काठमाडौ, १० असोज । कलाकार लक्ष्मी रानाको निधन भएको छ । नेपाली फिल्म ‘मनकामना’ मार्फत सहअभिनेत्रीको रूपमा डेब्यु गरेकी अभिनेत्री लक्ष्मीको मंलबार मृत्यु भएको हो । उनको लामो समयदेखि दुवै मृगौलाले काम गर्न छाडेको थियो । नृत्याङ्गनाको रूपमा परिचय बनाएकी लक्ष्मी ११ वर्षदेखि मृगौलाको समस्याबाट पीडित रहेको पारिवारिक श्रोतको भनाइ छ । उनको एक मृगौला सुकिसकेको र अर्कोले पनि ४० प्रतिशत मात्र काम गर्ने अवस्थामा पुगेको थियो।
लामो समयदेखि मृगौलाको ‌औषधी सेवन गर्दै आएकी उनको उपचारका लागि विभिन्न सङ्घ संस्थाले आर्थिक सहयोग पुर्याउँदै आएको थियो। तर आर्थिक अभावमा उनले मृगौला प्रत्यारोपण भने गरेकी थिइनन्। दिवंगत कलाकार लक्ष्मीप्रति हार्दिक श्रद्धान्जलि ।

Comments