‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा सपना थापा
screennepal
प्रकाशित: २०७४, १० आश्विन मंगलवार
no img

काठमाडौ, १० असोज । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘लक्जरी ब्राण्ड मोडल अवार्ड २०१७’ मा काठमाडौकी ३१ बर्षीया सपना थापाले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।
‘लक्जरी ब्राण्ड मोडल अवार्ड’को लागि आधिकारिकता प्राप्त संस्था इप्लानेट नेपालले उनलाई सो प्रतियोगीतामा पठाउन लागेको हो ।
हालै राजधानीमा आयोजित मिसेस ग्लोवल २०१७ मा बेष्ट पर्सनाली अवार्ड हात पार्न सफल उनी प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै अवार्डका लागि छानिएकी हुन् ।
‘लक्जरी ब्राण्ड मोडल अवार्ड’ आगामी अक्टुबर २० देखि २४ सम्म कोरियाको लियोलमा आयोजना हुँदैछ । ६० बढी राष्ट्रका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा यो नेपालको दोस्रो सहभागीता हो ।
बिभिन्न देशको कलासंस्कृती प्रदर्शन गर्ने उदेश्यले आयोजना हँुदै आएको प्रतियोगीतामा थापा नेपाली मौलीक पहिरन, नेपाली कलासंस्कृती झल्कने गहर गहना आदी सहित सहभागीता जनाउन लागेकी हुन् ।
बिबाहीत महिलाहरुको सहभागीत रहने प्रतियोगीता नेपाली कलासंस्कृतीको बिदेशमा पहिचान गराउने एक अवसरका रुपमा आफुले लिएको इप्लानेटका म्यानेजिङ डाइरेक्टर सन्तोस सापकोटाले जानकारी दिए ।

Comments