सुनिताको ‘मेरो प्यारा आउ है फर्केर’ (भिडियो)
screennepal
प्रकाशित: २०७४, १० आश्विन मंगलवार
no img

काठमाडौं, १० असोज । उदाउँदी गायिका सुनिता लिम्बु थेगिमको स्वरबद्ध ‘मेरो प्यारा आउ है फर्केर’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । डिआर अटुको शब्द तथा संगीत रहेको यस गीतकाके भिडियोमा गाउँघरको भाव दर्साएको छ ।
सुनिता र डिआर अटुको गीति एल्बम ‘कथा’मा समावेश यस गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई अर्जुन सापकोटा र उनको टिमले छायांकन गरेका हुन् भने अनिलकुमार महर्जनले सम्पादन गरेका हुन् । रमेश संग्रौलाले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा सन्देश लामिछाने र सारिका केसीलाई फिचरिङ गरिएको  छ ।

Comments