‘बिग बोस’मा सिरियल क्वीन हिना अर्थात् अक्षरा…! | Screennepal

‘बिग बोस’मा सिरियल क्वीन हिना अर्थात् अक्षरा…!

काठमाडौं, ८ असोज । भारतीय कन्ट्रोवर्शियल टिभी शो ‘बिग बोस’ को नयाँ सिजन १ अक्टबरदेखि सुरु हुँदैछ । यसैबेला उक्त शोमा कुन सेलिब्रेटी आउँछन् भन्ने आँकलन गर्न थालिएको छ । समाचारका अनुसार शोको पहिलो एपिसोडमा सीरियलमार्फत घर–घरमा छाइरहेकी अक्षरा अर्थात हिना खान सहभागी हुँदैछिन् । तर, जब हिनाको नाम मिडियामा आउन थाल्यो उनले ती खबरको खण्डन गरेकी छन् ।


हिनाले भारतीय अंग्रेजी दैनिक  पत्रिका टाइम्स अफ इन्डियालाई एक अन्तर्वाता दिँदै भनेकी छन्, ‘म बिग बोसमा आउने कुरा पूरै गलत हो । मेरो उक्त शोमा आउने कुनै इच्छा छैन ।’ उनले आफूलाई थाहा नदिइ अपवाहमा खबर फैलाइएको समेत बताएकी छन् । पत्रिकाको एक प्रश्नमा हिनाले भनेकी छन्, ‘अहिलेसम्म मलाई कुनै खबर आएको छैन जबकि म बिग बोसमा हिस्स बनुँ ।’ तर, उनले हरेक वर्ष बिग बोसमा सहभागी हुनका लागि प्रस्ताव आउने गरेको पनि बताइन् । ‘मलाई वर्ष प्रस्ताव आउने गरेको छ’ हिनाले भनिन्, ‘तर म जहिले अस्वीकार गर्दै आएकी छु ।’
अर्को समाचार अनुसार बिग बोसको निर्माताले हिनालाई आफ्नो शोको हिस्सा बनाउन ठूलो धन राशीको प्रस्ताव गरेको थियो । तर, हिनाले शो गर्ने कुनै इच्छा नगरेपनि हिनाको सहभागी रद्द गरिएको थियो । गएको पछिल्ले सीजनमा रोहन मेहरा र करन मेहरा सलमान खानका साथ शोको हिस्सा बनेका थिए । त्यस दौरान हिनाले रोहन मेहरालाई सर्पोट गर्दै बोलेकी थिइन् ।



Facebook Comment