ईश्वरको सांगीतिक ‘उकाली ओराली’
screennepal
प्रकाशित: २०७४, ६ आश्विन शुक्रबार
no img

काठमाडौं, ६ असोज । गीतकार ईश्वर श्रेष्ठको पहिलो गीति एल्बम ‘उकाली ओरारी’ मा सार्वजनिक भएको छ । संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, गीतकार राजेन्द्र थापा, संगीतकार दीपक शर्मालगायतले एल्बमको विमोचन गरेका थिए ।
एल्बम ‘उकाली ओराली’ मा पाँचवटा गीत समावेश गरिएको छ भने ‘वारिपारी’ नामको तीज गीत बोनसका रुपमा समावेश छ । एल्बममा दीपक शर्माको एकल संगीत तथा ईश्वर श्रेष्ठको एकल रचना रहेकको छ । एल्बममा रामकृष्ण ढकाल, राजेशपायल राई, स्वरुपराज आचार्य, बिन्दु परियार, सुरेश लामा, प्रताप लामा, बिक्रम राई, धुव्र बिस्को र मेनुका राईको स्वर सुन्न सकिन्छ ।

Comments