‘कलेज क्वीन’ले देखाए कला
screennepal
प्रकाशित: २०७४, ६ आश्विन शुक्रबार
no img

काठमाडौं, ६ असोज । ‘कलेज क्वीन नेपाल–२०१७’का प्रतियोगीले आ–आफ्नो कला देखाएका छन् । यो प्रतियोगिता एजुकेशनल ब्यूटी प्याजेन्टलाई प्रमुख आधार बनाउँदै आएको आरके फेशन एजुकेशन इन्टरटेनमेन्ट ग्रपले गरेको हो ।
प्रतियोगिताको यस दोस्रो संस्करणको ट्यालेन्ट राउण्का लागि गीतकार भरत बम्जन, पत्रकार सरोज प्याकुरेल, मोडल राजिव बलामी, मोडल बिपना थापा, नृत्य निर्देशक भुवन श्रेष्ठ र कोरियोग्राफर अञ्जली शाक्य निर्णायक थिए । व्यवसायिक किसन सिंहको आतिथ्यमा आयोजित कार्यक्रममा प्रतियोगीले विभिन्न कला प्रस्तुत गरेका थिए । आयोजक संस्थाका अध्यक्ष राम केसीका अनुसार प्रतियोगितामा टप १० छनोट गरिसकिएको छ । यी टप १० को अन्तिम स्पर्धा भने आउँदो २९ असोजमा जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ । प्रतियोगिताको कोरियोग्राफी विपना थापाले गरिरहेकी छन् ।

Comments