सुमन बने ‘कभर सङस् अनलाईन सिङगिङ कम्पिटिसन’ बिजेता
screennepal
प्रकाशित: २०७४, ६ आश्विन शुक्रबार
no img

काठमाडौं, ६ असोज । गायक पदम राईको ‘फुल टिपे काँडा बनको’ र तिमीलाई देखेपछि’ बोल गीतको कभर गीत प्रतियोगिताको विजेता सुमन श्रेष्ठ बनेका छन् । सुमनले विजेता बनेवापत नगद ५० हजार प्राप्त गरेका छन् ।
सांगीतिक भेटघाट चौतारी सामाजिक संजाल फेसबुक ग्रुप तथा रुबुशा क्रियटिभ वर्कस्को आयोजनामा भएको ‘अनलाइन सिङगिङ कम्पिटिसन सांगीतिक भेटघाट चौतारी आइडल–२०७४’को उपाधी विजेताहरुलाई चर्चित गायक राजेशपायल राईको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा फस्ट रनरप उपाधि अमृत लिम्बुले भए भने सेकेन्ड रनरपको उपाधि अमर तामाङले जिते । प्रतियोगिताको थर्ड रनरप भने बसन्त दुुखुम राईले जितेका छन् ।
क्रमशः फस्ट रनरपलाई ३० हजार, सेकेन्ड रनरपलाई २० हजार र थर्ड रनरपलाई १० हजार कार्यक्रममै दिइएको थियो । कार्यक्रममा आयोजकले ७ जना सान्तवना विजेतालाईपनि सम्मान गरेको छ । सान्तवना हुनेमा बसन्ती लिम्बु, राज खिम्दीङ लिम्बु, बिरेन्द्र सुनवार, विकास राई, सन्तोष रसाइली, विमल सिगु लिम्बु, मिनराज चाम्लीङ रहेका छन् । उनीहरुलाई पनि ५–५ हजार दिइएको थियो ।
कार्यक्रममा बिशेष अतिथि संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, प्रस्तोता समाजका महासचिव राई नबिन, नृत्य निर्देशक गोबिन्द राई, गीतकार राम भट्टराई रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बनेका गायक राजेशपायलले आफ्नो संर्घषका दिनहरु सम्झिदै विजेताहरुलाई भने, ‘अब यहाँहरुको संघर्षको दिन सुरु भएको छ ।’
‘अनलाइन सिङगिङ कम्पिटिसन सांगीतिक भेटघाट चौतारी आइडल–२०७४’को निर्णायकमा गायक तथा संगीतकार बिनोद खम्बु र गायक बिक्रम राई थिए ।
यस प्रतियोगिताको प्रायोजकमा मनकुमार सामपाङ राई(मलेसिया), राज मादिहाङ (दुबइ), बाबु राई (मलेसिया), सन्जु लिम्बु, पुर्ण खालिङ राई, लब्ली सुजु साम्पाङ राई, गंगा राई, बिष्णु पोल्माछा चाम्लिङ (मलेसिया) लगायत रहेका छन् ।

Comments