डम्बरको अन्ततः बाई बाई… ! (भिडियो हेर्नुस्) | Screennepal

डम्बरको अन्ततः बाई बाई… ! (भिडियो हेर्नुस्)

काठमाडौं, ५ असोज । चर्चित गायक डम्बर नेपालीको ‘बाई बाई’रे । एक समय ‘अन्तिम पटक भेट्न आउ’ भनेर चर्चामा आएका यी गायकले किन किन ‘बाई बाई’ गरे । त्यसका लागि त भिडियो हेर्नैपर्छ । डम्बरले आफ्नै शब्द, संगीत तथा स्वरमा हालै ‘बाई बाई’ बोलको भिडियो सार्वजनिक गरेका छन् । यो उनको नविनतम भिडियो तथा गीतको भाव बुझ्दा लाग्छ, आफ्नो मायालु ‘अन्तिम पटक’ भेट्न नआएपछि अन्ततः बाई बाई नै गरे ।
माया पिरतीका गीत गाउन खप्पिस डम्बरले यसपटक पनि त्यस्तै गाएका छन् । मोहित मुनालको संगीत संयोजन रहेको यस गीतलाई रुबुशा क्रियटिभ वर्कस्ले बजारमा ल्याएको हो ।
भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । निशान घिमिरेको सम्पादन र अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा संयम र अष्मिताको अभिनयलाई देख्न सकिन्छ ।



Facebook Comment