स्वरुपराज भन्छन्, ‘साया हेल्लो गजलबारजस्तो राम्रो कतै पाइनँ’ | Screennepal

स्वरुपराज भन्छन्, ‘साया हेल्लो गजलबारजस्तो राम्रो कतै पाइनँ’

काठमाडौं, ३ असोज । राजधानीमा दर्जनौ छन् गजलबारहरु । जहाँ मिठा–मिठा गजलहरु सुन्दै रमाइलो गर्न पाइन्छ । तर, ती गजलबारको भीडमा हालै बागबजारमा सञ्चालनमा आएको साया हेल्लो क्याफे गजलबार अलिक पृथक छ । जहाँ नियमित सांगीतिक ब्याण्डबाट सुमधुर गजल गीत प्रस्तुत हुन्छ नै, त्यसबाहेक प्रत्येक शुक्रबार देशका ख्याती प्राप्त कलाकारहरु प्रस्तुत हुँदै आएका छन् ।


यसै सिलसिलामा गएको शुक्रबार नेपाली सुगम संगीतका ‘मेलोडी किङ’ स्वरुपराज आचार्य प्रस्तुत भए । ‘मेलोडी नाइट वीथ स्वरुपराज आचार्य’ नामको एकल साँझमा प्रस्तुत भएका स्वरुपले जहाँ करिब दुई दर्जन आफ्ना लोकप्रिय गीतहरु सुनाएका थिए ।


आफ्नो पिताको सदावहार लोकप्रिय गीत ‘जहाँ छन् बुद्धका आँखा’बाट कार्यक्रममा सुरु गरेका स्वरुपराजले त्यसपछि हजार आँखा हेर्ने, मुटुजलिरहेछ, जति चोट दिन्छौ, ढलें म ढलें, काडाँ त बिझ्यो बिझ्यो, धेरै माया दिँदा रैछन्, शायद मायामा फसें कि, पागल म बन्न, सोल्टिनी सोल्टिनी, बल गरेर जस्ता चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।


पहिलोपटक यसरी गजलबारमा एकल शोमा प्रस्तुत भएका स्वरुपले भने, ‘राजधानीमा थुपै्र गजलबारहरु छिरेको छु । तर, साया हेल्लो क्याफे गजलबार जस्तो सुविधा सम्पन्न कतै देखिनँ ।’ उनले हेल्लो गजलबार पारिवारिक र खुला रहेको प्रतिक्रिया दिए ।


यो गजलबार सञ्चालनमा आएको महिना दिनमै चार कलाकार प्रस्तुत भइसकेका छन् । सुरुकै दिन चर्चित गायिका मिलन अमात्य प्रस्तुत भएकी थिइन् । त्यसपछि नेपाली तारा सिजन ३ का फस्ट रनरअप देवेश राई र प्राश्ना शाक्य प्रस्तुत भएका थिए । पछिल्लो शुक्रबार भने स्वरुपराज प्रस्तुत भएर उपस्थित ग्राहक तथा पाहुनाको मन जित्न सफल भएका छन् ।


यो गजलबार रुल्ज गुरुङ, सरिता लिम्बू र नविना तामाङले सञचालनमा ल्याएका हुन् र राजधानीको केन्द्र मानिने बागबजारमा रहेको यो गजलबारको विशेषता मध्ये प्रसस्त पार्किङ पनि हो । साया हेल्लो गजलबारमा आउने ग्राहकका लागि प्रसस्त पार्किङको व्यवस्ता छ ।


राजधानीमा खुलेको ठूला–ठूलो रेष्टुरेण्ट र बारका लागि सबैभन्दा ठूलो समस्या भनेकै पार्किङ हो । तर, साया हेल्लो क्याफे गजलबारका लागि त्यो समयमा नभएको सञ्चालकमध्येका एक रुल्जले बताए । त्यसबाहेक उक्त गजलबार पारिवारिक र खुला पनि छ । त्यसैले एकपटक आएका ग्राहक पुन साया हेल्लो क्याफे गजलबारमै आउने गरेका छन् ।



Facebook Comment