एसओएस ग्यालरीमा कान्छाकाजीका १६ चित्रकृतिसहित ‘इसट्यान्सी थ्रो कल्चर’
screennepal
प्रकाशित: २०७४, ३ आश्विन मंगलवार
no img

काठमाडौं, ३ असोज । सानोठिमीस्थित एसओएस आर्ट ग्यालरी तथा सेरामिक्स सेन्टरमा कान्छाकाजी (केके) भासिमाको पेन एन्ड इन्क माध्यममा तयार पारिएका १६ चित्रकृतिसहित ‘इसट्यान्सी थ्रो कल्चर’ प्रदर्शनी भइरहेको छ । मध्यपुर ठिमीका कलाकार कान्छाकाजीको यो पहिलो एकल प्रदर्शनी हो ।
साँस्कृतिक विषयमा चित्र कोर्न रुचाउने केके भासिमा ‘श्रीजित’ का १६ वटै चित्रकृतिमा भक्तपुरको साँस्कृतिक प्रभाव झल्कन्छ । खासगरी जात्रा र साँस्कृतिक पर्वका मसिना विषयलाई क्यानभासमा उतार्न रुचाउने कलाकार केकेले सँगसँगै हाँसोको गज्जवको संयोजन गर्नुभएको छ । एकदुई चित्रमा केही रंग प्रयोग गरिए पनि प्रायः सबै चित्र पेन एन्ड इन्कबाटै तयार पारिएका छन् । एउटा चित्रमा कलाकार केकेले डट विधि पनि प्रयोग गर्नुभएको छ । खासमा मिक्स मिडिया माध्यमका १६ कृतिमा कलाकार केके भासिमाले संस्कृति सँगसँगैका खुशी अर्थात् उन्मुक्त हाँसोलाई उतार्नुभएको छ ।


त्रिभुवन विश्वविद्यालयबाट कलामा स्नातकोत्तर भासिमा एक्रेलिक र वाटर कलर चलाउन रुचाउनुहुन्छ । एसओएस हर्मन माइनर स्कुल, सानोठिमीबाट विद्यालय शिक्षा पूरा गर्नुभएका कलाकार भासिमा भन्नुहुन्छ–“विद्यालयको कला वातावरणले नै म चित्रकलातिर आकर्षित भएँ । तीनवटा विद्यालयमा कला अध्यापन गर्दै आउनुभएका कलाकार भासिमाले आधा दर्जनजति प्रतियोगितामा पुरस्कार थापीसक्नुभएको छ । दर्जन बढी सामुहिक कला कार्यशालामा सहभागिता जनाइसक्नुभएका भासिमाको प्रदर्शनी असोज ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । सो प्रदर्शनी भदौ २८ गतेदेखि सुरु भएको हो ।

Comments