‘नाट मिस एयर होस्टेज फेमिना’ मा २० प्रतिस्पर्धी
screennepal
प्रकाशित: २०७४, १ आश्विन आईतवार
no img

काठमाडौं, १ असोज । नर्दन लाईट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट) को मुख्य प्रायोजनमा ‘नाटे मिस एयरहोस्टेज फेमिना’को फाइनल आगामी ५ असोजमा हुने भएको छ ।
विभिन्न चरणको छनौटपछि २० जना प्रतियोगी फाइलनमा पुगेको पत्रकार सम्मेलन गर्दै आयोजक विश्व मिडियाले जनाएको छ । व्यक्तित्व विकास, मोडेलिङ, एयर होस्टेज, सामाजिक कामका विषयमा प्रतियोगितामा सहभागीलाई विभिन्न चरणमा तालिम दिएको पत्रकार सम्मेलनमा विश्व मिडियाका कार्यक्रम संयोजक प्रहित कार्कीले जानकारी दिए । ‘यो प्रतियोगिताले क्याविन क्रुमा आफ्नो पेशा अभिबृद्धि गर्न इच्छुक समुहलाई उत्प्रेरित गराउने तथा विभिन्न तालिमका माध्यमबाट दक्षता हासिल गराउने कुरामा सहयोग पुग्ने नाट व्यवस्थापन र विश्व मिडिया व्यवस्थापनको विश्वास छ’, पत्रकार सम्मेलनमा भनिएको छ ।
नयाँ वानेश्वरस्थित नाट नेपालकै पहिलो अन्तर्राष्ट्रिय सम्बन्धनमा खोलिएको एभिएशन एकेडेमी हो जसले पहिलो पटक मिस एयरहोस्टेज फेमिनाको टाइटल स्पोन्सर गरेको छ । विजेतालाई गोमा एयरमा रोजगारीको अवसर प्रदान गरिने पत्रकार सम्मेलनका क्रममा बताइएको छ । त्यस्तै फस्र्ट रनरअपलाई थाइल्यान्डको टु वे टिकेट नेपाल एयरलाइन्सले प्रदान गर्नेछ भने नाटको ब्रान्ड एम्बेस्डरको जिम्मेबारी दिइने जनाइएको छ ।
सेकेन्ड रनरअपलाई नाटमा रोजगारीको अवसर दिने र २ जना प्रतियोगिलाई म्युजिक भिडियोमा अनुबन्धन गरिने पत्रकार सम्मेलनका क्रममा जनाइयो । प्रतियोगीताका ५ जना सहभागीलाई अन्तर्राष्ट्रिय र आन्तरिक विमान कम्पनीमा रोजगारीका लागि अन्तरवार्ताको चरणसम्म पुराइने पनि अवगत गराउन चहान्छौं । ‘हामीले रकम भन्दा पनि व्यवाहारिक र जीवनभरी काम लाग्ने पुरस्कारको स्थापना थालेका हौं’, पत्रकार सम्मेलनमा कार्कीले भने,‘यो प्रतियोगीताले करिअर निर्माणमा सहयोग पुग्ने हामीले बुझेका छौं ।’
उत्कृष्ट २० प्रतियोगीसहित गरिएको पत्रकार सम्मेलनका क्रममा प्रशिक्षण र व्यक्तित्व विकासको तालिम दिइरहेकी एयर होस्टेज प्रिति तिमल्सिना थापाले कामप्रतिको लगाव, एयर होस्टेजमा हुनपर्ने गुणका बारेमा सिकाइएको बताइन् । ‘यस्तो प्रतियोगीताले व्यक्तित्व विकासमा सहजीकरण हुने बुझेका छौं’, उनले भनिन् ।
प्रत्येक प्रतियोगीबाट १७ हजार ५ सय फिस लिइएको र उक्त रकम प्रतियोगीको व्यक्तित्व विकास, क्यावि क्रु तालिम, ड्रेसअपमा खर्च गरिएको आयोजक विश्व मिडियाले जनाएको छ ।
प्रतियोगीलाई सामाजिक काममा सक्रियता रहने प्रशिक्षण अन्तर्गत रक्त अभाव रहेका बेला रक्तदान समेत गराइएको थियो । युथ फर ब्लडको सक्रियतामा पत्रकार सम्मेलन अघि रक्तदान गराइएको थियो । २० जना प्रतियोगीसहित ४२ जनाले रक्तदानमा सहभागीता जनाएका थिए ।

 

Comments