‘मिसेस नेशनल आईकन–२०१७’का प्रतियोगीले देखाए प्रतिभा
screennepal
प्रकाशित: २०७४, २८ भाद्र बुधबार
no img

काठमाडौं, २८ भदौं । ब्राईट इन्टरटेनमेन्ट प्रालिको आयोजना रहेको ‘मिसेस नेशनल आईकन–२०१७’का प्रतियोगीले राजधानीको रकहाउस क्याफेमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ‘ट्यालेन्ट शो’अन्तर्गत उनीहरुले प्रतिभा देखाएका हुन् ।
विभिन्न पेशामा कार्यरत गृहीणीको भूमिका निर्वाह गरिरहेका प्रतियोगीहरुले ट्यालेण्ट उपाधिका लागि नृत्य, गीत, गजल लगायतका आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।


मिसेस नेशनल आईकन २०१७ ट्यालेण्टको घोषणा भने अन्तिम प्रतिस्पर्धाकै दिन १ असोजमा राजधानीको राष्टिय नाचघर जमलमा गरिने आयोजक संस्थाका अध्यक्ष तथा गायक धनिराम राईले जानकारी गराए । ट्यालेन्ट शोका लागि मिलन मोक्तान, कला सुब्बा, टिका चाम्लिङ, उमेश गुरुङ निर्णायक थिए ।
बिबाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु¥याउन यो प्रतियोगिता गर्न लागिएको जनाइएको छ । प्रतियोगिताको मुख्य विजेताले पुरस्कारस्वरुप स्कुटर पाउनुका साथै नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम स्पर्धामा शर्मिला तामाङ, ख्लेमुहाङ राई, स्मृति राई, जेनिफर बज्राचार्य, शशिदा ओझा, सलिना पोखरेल, सिता थापा, केशु गुरुङ, सविता राई, सानुमैयाँ प्रजापति, तुलसा आङ्देम्वे, नमु राई, अरुणा शेर्पा र शोभा श्रेष्ठ रहेका छन् ।
ब्युटि संयोजक सोनाम थुलुङ राई तथा कार्यक्रम संयोजक गणेश ईसारा रहेको प्रतियोगिताको कोरियोग्राफी सञ्चारकर्मी एवं मोडल कला सुब्बाले गरिरहेकी छन् ।

 

Comments