सिर्जनामार्फत डिजाइनरहरुको प्रतिस्पर्धा हुँदै
screennepal
प्रकाशित: २०७४, २७ भाद्र मंगलवार
no img

काठमाडौं, २७ भदौं । जेनु श्रेष्ठ र शोभा महर्जन, दिप्ना पून र अल्फा वाजि, न्युदिना राई, प्रमिन शाक्य, दुश्यन्त रुम्दाली राई र करिष्मा राई, दावा जाङ्बु शेर्पा, बिजय कहर र प्रतिक्षा ढकाल, सुबिक्षा अर्याल र लक्की सुनुवार, उषा रिजाल, अस्मिता गहतराज र अन्जली लामा, हिसि हिरा तुलाधार, आरती खड्का र इदिना महर्जन, अस्मिता राई, एनी लामा र अनु भुजेल, लक्ष्मी थापा मगर र अमृता थापा मगर, सिमोन श्रेष्ठ, वसन्त बुढा, सन्ध्या माझी र मन्दिरा श्रेष्ठ, ललिता लिम्बु, लक्ष्मी श्रेष्ठ र सबिना रेग्मी । यी नामहरु हुन् ती फेसन डिजाइनरहरुका जसको कल्पनाशीलता र सृजनाशीलताले यो शुक्रबार अर्थात् भदौ ३० गते एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।
प्रसंग भोयाज् अफ क्रिएसन नामक फेसन डिजाइनरहरुको प्रतिस्पर्धाको । जहाँ उल्लेखीत नामहरुले कपडा, रंग तथा विभिन्न सामाग्रीहरु मार्फत् प्रदर्शन गरिएका विविध पहिरन शैलीलाई उनीहरुको सोच, कल्पना, सृजनात्मकता, डिजाइन आदिका आधारमा मुल्यांकन गरिनेछ ।
दरबारमार्ग स्थित होटल डेला अन्नपूर्णमा संचालन हुने भोयाज् अफ क्रिएसन नामक उक्त फेसन डिजाइनरहरुको प्रतिस्पर्धा नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजना र श्रेष्ठ इभेन्ट्स प्रा.लि.को व्यवस्थापनमा संचालन हुन लागेको हो । सो प्रतिस्पर्धामा ३१ जना फेसन डिजाइनरहरु १६ वटा सिक्वेन्स मार्फत् प्रतिस्पर्धाको मैदानमा उत्रनेछन् भने उनीहरुका सृजनालाई १२ युवती र ६ जना युवा मोडलहरुले प्रदर्शन गर्नेछन् ।
संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहने सो कार्यक्रमको हरेक सिक्वेन्समा ७ वटा पहिरन शैली समेटिनेछन् जस मध्ये एउटा मास्टरपीसका रुपमा विशेष पहिरन हुनेछ ।
आयोजकाका अनुसार जरदोजी बुटीकका अमितेश कर्णका पहिरनहरुले कार्यक्रमको शुभारम्भ गरिनेछ जसमा विभिन्न क्षेत्रका महिला सेलिब्रेटीहरुले ¥याम्प नाप्नेछन् । उदयीमान फेसन डिजाइनहरुका फेसन डिजाइनिङ सम्बन्धी कला, सीप, सृजनालाई मंच प्रदान उनीहरको प्रतिभालाई विस्तारित र व्यवसायिक स्वरुप प्रदान गरी उनीहरुको आत्मविश्वास अभिवृद्धि गर्नका लागि भोयाज् अफ क्रिएसन संचालन गरिंदै आएको आयोजकले उल्लेख गरेको छ । भोयाज् अफ क्रिएसनको यो तेस्रो शृंखला हो ।

Comments