कमलको ‘कोदो कोला…’ (भिडियो) | Screennepal

कमलको ‘कोदो कोला…’ (भिडियो)

काठमाडौं, २७ भदौं । ‘आई लभ यू…’ गीतको लोकप्रियताका कारण दर्शक तथा श्रोताको मन जित्न सफल गायक कमल के. क्षेत्रीले दसैंको पूर्वसन्ध्या पारेर एउटा रमाइलो गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘कोदोकोला..’ शीर्षकको उक्त गीतमा गायक क्षेत्रीकै संगीत निर्देशन छ ।
तुलाराम थापाको शब्द रहेको यस गीतलाई तास स्टुडियोका बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।
सुव्रतराज आचार्यद्वारा निर्देशित यस म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी छ । अनिल के. मानन्धरद्वारा छायांकन गरिएको यस भिडियोलाई सि लियन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा गायक क्षेत्रीका अलावा क्रिस्टिना थापा, रवि आरएन तथा प्रकाश बस्नेतले अभिनय गरेका छन् ।



Facebook Comment