गायक युवराज बाबु बनेपछि…! (भिडियोसहित) | Screennepal

गायक युवराज बाबु बनेपछि…! (भिडियोसहित)

काठमाडौं, २७ भदौं । पाश्र्वगायनका चर्चित गायक युवराज चौलागाईं मोडलिङमा पनि देखिएका छन् । आफैले गाएको ‘आँखा भित्र’ बोलको भिडियोमा उनी मोडलका रुपमा प्रस्तुत भएका हुन् । सार्वजनिक भिडियोमा युवराज बाबु बनेका छन् ।
भूषण दाहालको निर्देशनमा तयार ‘आँखा भित्र’ बोलको यस भिडियोमा युवराजसँगै गायिका अनुष्का पाठकले अभिनय गरेकी छन् भने बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ ।
युवराजकोे आफ्नै संगीत रहेको यस गीतमा दीपिका रिमाल थापाको शब्द र संगीतकार राजन ईशानको संगीत संयोजन रहेको छ । धीरजजंग शाहको छायांकन रहेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । यस भिडियोलाई युवराजले आफ्नै यु–ट्यब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।



Facebook Comment