खिचेर सक्नु लाग्यो ‘एकलव्य’
screennepal
प्रकाशित: २०७४, २६ भाद्र सोमबार
no img

काठमाडौं, २६ भदौं । चलचित्र ‘एकल्ब्य’को छायाँकन अन्तिम चरणमा पुगेको छ । अवि फिल्मस् प्रोडक्शनको प्रस्तुति रहेको चलचित्रमा समाजमा घट्ने साना भन्दा साना घटनाक्रमलाई सस्पेन्स, रोमान्स, कमेडी तरिकाले प्रस्तुत गरिने निर्देशकको भनाई छ ।
चलचित्रमा सोनम थापा, पुष्कर राउत, महिमा सिल्वाल, ओशिन भट्टराई, शुशिल पोख्रेल, उमेश खडका, सुष्मा कार्की, रामचन्द्र अधिकारी, उग्रसेन ढुङ्गाना, राजेन्द्र दुलाल, सीपी पौडेल, सुमित्रा ढकाल, विराट ल्वागुनलगायतका कलाकारको अभिनय छ । अवि थापा निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता राजेन्द्र दुलाल रहेका छन् ।
अनमोल शर्मा निर्देशित योे चलचित्रमा शंकर महर्जनको द्वन्द्व, वसन्त सापकोटाको संगीत, कविराज गहतराज र रामजी लामिछानेको नृत्य रहनेछ ।

Comments